तपाईँ सुन्दै हुनुहुन्छः

सुनको  मूल्य घट्यो

काठमाडौँ I आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । तर चाँदीको मूल्य भने बढेको छ । 

बिहीबार प्रतितोला रू एक लाख ५० हजार सात सयमा कारोबार भएको सुन आज घटेर रू एक लाख ५० हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला रू ६ सय घटेको हो ।

चाँदीको मूल्य भने प्रतितोला रू १० ले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला रू एक हजार आठ सय ९० मा कारोबार भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button