तपाईँ सुन्दै हुनुहुन्छः

समस्याको दीर्घकालीन समाधान हुने गरी विधेयक बनाइनुपर्छ : मन्त्री भट्टराई

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रका समस्याको दीर्घकालीन समाधान हुने गरी शिक्षा विधेयक बनाइनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथिको छलफलमा शिक्षा मन्त्री भट्टराईले भावी पुस्ता र प्रभावकारी कार्यान्वयनको पक्षलाई विशेष ध्यान पुर्‍याएर विधेयक निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।

शिक्षा मन्त्री भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रमहरू कार्यान्वयन गर्न सामर्थ्य नपुगेको भन्नुहुँदै बालविकास शिक्षा, शिक्षक र विद्यार्थी अनुपात, शिक्षक दरबन्दीका विषयलाई व्यवस्थित गर्न कमिटी बनाई समस्या समाधानको कार्य मन्त्रालय मार्फत अघि बढाइएको बताउनुभयो ।

मन्त्री भट्टराईले स्थानीय तह र प्रदेशसँगको सहकार्य, समन्वयमा विद्यार्थीको क्षमता अभिवृद्धि तथा प्रोत्साहनका कार्यक्रमहरू ल्याउने तयारी रहेको पनि बताउनुभयो ।

बैठकमा सांसदहरुले भौगोलिक विकटता र आर्थिक रुपमा विपन्नताका आधारमा विशेष शिक्षा कार्यक्रमहरू ल्याइनुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button