तपाईँ सुन्दै हुनुहुन्छः

बेलका-९ को वडाध्यक्षमा माओवादीका घिमिरे विजयी

उदयपुर।उदयपुर जिल्लाको बेलका नगरपालिका ९ को उपनिर्वाचनमा नेकपा माओबादी केन्द्रका भरत घिमिरे विजयी भएका छन ।घिमिरेले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मोहन खड्कालाई ३४ मतान्तरले पराजित गर्दै विजयी हाँसिल गरेका हुन ।

घिमिरेले कुल खसेको १८ सय ८५ मतमा ५५९ मत ल्याएर विजयी हाँसिल गर्दा उनका प्रतिष्पर्धी नेकपा एमालेका मोहन खड्काले ५२५ मत प्राप्त गरे । त्यस्तै नेपाली कांग्रेसका नबिन बस्नेतले ४०४ मत प्राप्त गरे भने जनता समाजवादी पार्टीका राजकुमार राईलेले २०७, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान वि.क.ले ११३ मत प्राप्त गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका टिका प्रसाद फुयालले २७ मत ल्याउदा मङ्गल नेसनलका सुरे तामांगले ५ मत प्राप्त गरे ।

आइतबार सम्पन्न बेलका नगरपालिका ९ को उपनिर्वाचनको अन्तिम मतपरिणाम विवादका कारण गणनामा ढिलाई हुँदा सोमबार आज अन्तिम मतपरिणाम सार्वजनिक भएको हो। हिजो मतगणनाका क्रममा ५ सय मतगणना गर्दा २२० मत बदर भएपछी दलहरु बीच विवाद भएको थियो । यद्धपि निर्वाचन कार्यालयले बदर २२० मत पुन: गणना गर्ने निर्णय गरेपछि आज सोमबार बेलका ९ को अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।तीन हजार १६७ मतदाता रहेको बेलकामा एक हजार ८८५ मत खसेको छ ।

बेलका नगरपालिका वडान. ९ मा ७ जना प्रतिसपर्धामा रहेका थिए । गएको २०७९ वैशाखमा सम्पन्न स्थानीयतह निर्वाचनमा यो वडामा काँग्रेसका पदम खड्का वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको मोटरसाईकल दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button