बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
अर्घाखाँची । बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
सन्धिखर्क नगरपालिका–६ नरपानी बजारमा बसले ठक्कर दिँदा घाइते भएकी शितगङ्गा नगरपालिका–४ अमराई बस्ने १३ वर्षीया विनिता विकको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साँझ पाँच बजे सन्धिखर्क-गोरुसिङ्गे सडक खण्डमा बुटवलबाट सुपा देउराली दर्शनका लागि आएको लु२ख १४१५ नं.को बसले ठक्कर दिँदा सोही वडाकी १० वर्षीया एलिना विक घाइते रहेकी छिन । उनको थप उपचारका लागि जिल्ला बुटवल रिफर गरिएको प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।
ठक्कर दिने बस, चालक र गाडी धनीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्