‘कांग्रेस र एमालेबीच संविधान संशोधनका विषयमा साझा धारणा बनाउन पहल जारी’
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधनका विषयमा साझा धारणा बनाउन पहल भइरहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले कांग्रेस र एमालेबीच साझा धारणा बनाएर नेकपा (माओवादी केन्द्र), मधेशवादी दल लगायतका अन्य दलहरूसँग छलफल र बहस गरिने बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था, सङ्घीयता, समावेशिता तथा समानुपातिक प्रणाली जस्ता विषयमा संविधान संशोधन नहुने उहाँले प्रष्ट पार्नुभयो ।
महामन्त्री थापाले सत्तारूढ कांग्रेस र एमाले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ कार्यान्वयनको पक्षमा रहेको बताउनुभयो । महामन्त्री थापाले विकासका लागि मित्रराष्ट्र तथा दातृ राष्ट्रहरूसँग सस्तो र सहुलियत दरको अनुदान आफूहरूले अपेक्षा गरेको उल्लेख गर्नुभयो ।
उहाँले यसअघि चीनसँग भएका दर्जनौँ सम्झौता कार्यान्वयन हुनुपर्ने अपेक्षा रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्