तपाईँ सुन्दै हुनुहुन्छः

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बताउनुभयो ।

धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन रहँदै आएको थियो ।

यस्तै मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको चीन भ्रमणका सम्बन्धमा परराष्ट्र मन्त्री आरजु राणा देउवासहितको प्रतिनिधि मण्डलले गर्न लागेको चीन भ्रमण स्वीकृत गरेको सञ्चार मन्त्री गुरुङले जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्व तयारीका लागि मङ्सिर १३ गते चीन जान लाग्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button