उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तह उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को निर्णय बमोजिम यही मङ्सिर १६ गते हुने उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्