सूर्य नेपाल गल्फ टुर सोमबारदेखि सुरु हुने
काठमाडौँ । नेपाली गल्फको व्यावसायिक टुर सूर्य नेपाल गल्फ टुर सोमबारदेखि सुरु हुने भएको छ ।
गोकर्ण गल्फ क्लबमा सूर्य नेपाल सेन्ट्रल ओपनसँगै नयाँ सिजन सुरुवात हुने भएको हो । ४ दिन चल्ने प्रतियोगितामा ३३ जना व्यावसायिक र करिब १२ जना एमेच्योर सहभागिता रहने अपेक्षा गरिएको छ । शीर्ष २१ प्रो र ६ एमेच्योरले मात्र कट पार गरेर अन्तिम ३६ होल खेल्नेछन् ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैंया पाउनेछन् । उपविजेताले १ लाख र तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछन् । कट पार गर्ने प्रोले नगद पुरस्कार पाउनेछन् । टुर अन्तर्गत यस सिजन ८ प्रतियोगिता हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्