उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक : गृहमन्त्री लेखक
कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचन शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गर्न सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभएको छ।
नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यालय कञ्चनपुरमा कार्यकर्ता भेटघाटमा मङ्सिर १६ गते हुन गइरहेको निर्वाचन सफल पार्न उहाँले सबैलाई अनुरोध गर्नुभयो ।
शान्ति सुरक्षाको सवालमा सरकार सजक रहेको बताउँदै उहाँले खुला सिमानामा हुने चोरी तस्करी र लागूपदार्थको ओसारपसार नियन्त्रण गर्न सुरक्षा निकायहरूलाई निर्देशन गरिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्