तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा दुई स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान 

कञ्चनपुर । मङ्सिर १६ हुने उपनिर्वाचनका लागि कञ्चनपुरमा दुई स्वतन्त्र  उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ  ।

कञ्चनपुरको भीमदत्त नगरपालिका ६ को वडा अध्यक्षको पदको लागि हुन गइरहेको उपनिर्वाचनका लागि स्वतन्त्र उम्मेदवार युवराज चन्दले मिलाएको हात र थानेस्वर लेखकले सिलिन्डर चुनावी चिन्ह लिएको  मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्य नेपाली काङ्ग्रेसका प्रकाश चन्द, नेकपा माओवादीका नानाराम कोली, राष्ट्रिय स्वतन्त्रका राम दत्त भट्ट , नेपाल मजदुर किसान पार्टी कादल बहादुर बोहरा, राप्रपा नेपालका दल बहादुर धामी, राप्रपाका सुशील कुमार भट्ट, जनमत पार्टीका यादव बहाद भट्ट, समाजवादी दलका जितेन्द्र बहादुर चन्दको भने पार्टीकै चुनाव चिन्ह रहेको छ । 

कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नगरेकाले मङ्सिर १६ गते हुने वडाध्यक्षको निर्वाचनमा १२ जना उम्मेदवार चुनावमा होमिएका छन् । उक्त वडामा पाँच हजार मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button