तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुङ्गा जिसस प्रमुखमा १ जनाको मात्रै मनोनयन

ओखलढुङ्गा । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुख पदमा १ जनाको मात्रै उम्मेदवारी परेको छ । मङ्सिर १६ गते हुने उपनिर्वाचनमा जिसस प्रमुखमा कांग्रेस नेता टेकराज भट्टराईको मात्रै उम्मेदवारी परेको हो ।

नेकपा एमालेले काँग्रेसलाई सघाउँदै आफ्नो उम्मेदवार नउठाएपछि कांग्रेसका नेता भट्टराई सर्वसम्मत जिल्ला समन्वय समिति प्रमुख बन्नुभएको छ । यद्यपि निर्वाचनका कार्यक्रम अनुसार नै १६ गतेपछि निर्वाचित भएको औपचारिक घोषणा हुनेछ ।

मोलुङ–५ मा वडाध्यक्षका लागि ८ जनाको उम्मेदवारी
ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा वडाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ । विभिन्न राजनीति दलबाट ६ र २ स्वतन्त्रसहित ८ जनाको उम्मेदवारी दर्ता भएको हो ।

एमालेबाट गङ्गाबहादुर तामाङ, नेपाली काँग्रेसबाट घनश्याम दाहाल, नेकपा माओवादी केन्द्रबाट मानबहादुर सुनुवार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विष्णुप्रसाद पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चन्द्रमणि दाहाल, जनता समाजवादी पार्टीबाट इन्द्रबहादुर दर्जीले उम्मेदवारी दिएका छन् ।

मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमका अनुसार हेमबहादुर सुनुवार र दिपप्रसाद दाहालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button