तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एक किशोरको मृत्यु 

दाङ । दाङमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरी निवासी मधु क्षेष्ठका १६ वर्षीया छोरा किशोर श्रेष्ठ रहेका छन् ।

बुधबार बिहान सवा १० बजेको समयमा आफ्नै घरमा दीपावलीको लागि लगाइएको बत्ती निकाल्ने क्रममा किशोरलाई एक्कासी बायाँ हात र दायाँ खुट्टामा करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका किशोरलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो । उनलाई चिकित्सकहरूले ११ बजेको समयमा मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button