चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व पनि रहेको बताउनुभएको छ ।
आज दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दीपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गृहमन्त्री लेखकले चाड पर्वले परिवार र समाजलाई जोड्ने काम गरेको बताउनुभयो ।
“मान्छेले बसाइँसराइ गर्ने भएकाले कामका कारण मान्छेहरू टाढा टाढा हुनुपर्छ । चाडपर्व नमनाए परिवारमा दुरी बढ्ने र आफ्नै नातागोतामा नै चिनजान नहुने स्थिति बन्थ्यो। चाडपर्वले मान्छेलाई नजिक ल्याउँछ । यसको सामाजिकसँगै मानवीय पनि महत्त्व छ”, गृहमन्त्री लेखकले भन्नुभयो ।
एउटा परिष्कृत समाज निर्माणका लागि जरुरी भन्दै चाडपर्वको अवसरमा जमघट र भेलाहरूमा उपस्थित हुने कुराको आफैँमा ठूलो महत्त्व रहेको बताउनुभयो । हाम्रा ऋषि मुनीहरूले धेरै ठूलो अध्यापन र अनुभवपछि यी पर्वहरूको निर्माण गर्नुभएको उहाँको भनाई थियो ।
प्रतिक्रिया राख्नुहोस्