कोरोना भाइरस सक्रमण रोक्न प्रदेश सरकारको कार्ययोजना सार्वजनिक

विराटनगर । कोरोना भाइरस सक्रमण हुुन नदिन प्रदेश नं. १ को सरकारले कोरोना रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्था सम्वन्धी कार्ययोजना तयार पारेको छ । विराटनगर स्थित मुुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आज वसेको सर्वदिलय वैठकमा प्रदेस सरकारले कार्ययोजना सार्वजिनक गरेको हो ।
कोरोना सक्रमण फैलन नदिन प्रदेश सरकारले गरेको उच्च सावधानी सिमाक्षेत्रमा गरिएको उच्च शर्तकता यसवाट वच्न अपनाउनुुपर्ने सावधानी तथा सम्भावित चुुनौतीका विषयमा सरकारले अघि वढाएको विषयलाई ३१ वुुदें कार्ययोजनामा समेटिएको छ ।
भाइरस सक्रमण हुुन नदिन प्रदेश नं. १ अन्तर्गत विराटनगरको जोगवनी नाका तथा भद्रपुुर, भण्टावारीमा जगेडा चालक र मेडिकल टोलि तथा १० वटा जिल्लामा दुुइदुुईवटा गरि २० वटा एम्वुुलेन्स तयारी अवस्थमा राख्ने निर्णय कार्ययोजनामा समेटिएको छ । त्यस्तै सुुनसरीको श्रीलंका टप्पुु र मोरङ टाडीमा क्वारेन्टटाईन स्थापना गर्ने पहिलो चरणमा पाचसय भन्दा वढि चिकित्सका टोली तथा नेपाल प्रहरी तथा नेपाली सेनालाई तयारी अवस्थमा राख्ने जनाइएको छ ।
संक्रमणको आंशका भएमा उनिहरुको पहिचानका लागी अन्तराष्ट्रिय तथा प्रदेश स्तरका नाकाहरु तथा विमानस्थलमा स्वास्थ्य चेकजाच डेस्क स्थापना गर्न थालिएको तथा प्रदेश स्तरमा स्वास्थ र सो रोग सम्वन्धमा जनचेतना अभियान शुुरु गरिएको तथा रोग फैलिएमा जनमानसमा छिटो छरितो तथा सहि रुपमा सुुचना प्रभागर्ने विषयलाई सरकारको कार्ययोजनामा उल्लेख गरिएको छ । त्यसका लागी प्रदेस अन्तर्गतका सवै मन्त्रालय तथा स्थानिय निकायसंग समन्व गरेर सरकारले कार्ययोजना कार्यान्वयनमा ल्याउने तयारी गरेको जनाएको छ ।
सर्वदलिय वैठकमा वोल्दै मुुख्यमंत्री शेरधन राईले कोरोना भाइरस सक्रमण हुुन नदिन प्रदेश सरकार एक्सन प्लान वनाएर अघि वढेकाले त्यसमा सहयोग गर्न दलहरुलाई आग्रह गर्नुुभयो ।
उहाले प्रदेस नं. १ मा अहिले सम्म कोरोनाको विरामी एउटा पनि नभएको र प्रदेश नाकासंग जोडिएको भारतिय गाउ वस्तीमा समेत रोगको संक्रमण नभएको भन्दै प्रदेश नं. १ कोरोनाको सक्रमणवाट सुुरक्षित रहेको दावी गर्नुुभयो ।
मुुख्यमन्त्री राईले कोरोना भाइरसको नाममा कालावजारी गर्न खोज्ने जो कोइलाई पनि कारवाही गरिने भन्दै व्यापारी हरुलाई कुुनैपनि वस्तुुको कृतिम अभाव नगर्न आग्रह गर्नुुभयो ।
कार्यक्रममा वोल्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाइरस सक्रमण हुुन नदिन प्रदेश सरकारले उच्च सर्तकता अपनाएको वताउनुुभयो उहाले सिमा नाका केन्द्रित हेल्प डेस्कलाई प्रभावकारी रुपमा अघि वढाउदै भारत लगायत तेश्रो मुुलुुकवाट आउने व्यक्तिहरुको स्वास्थ्य जाँचमा प्रदेश सरकारले ध्यान दिएको वताउनुुभयो ।
कार्यक्रमा वोल्दै समाजवादी पार्टी प्रदेस नं. १ संसदिय दलका नेता जयाराम यादवले कोरोना भाइरस सक्रमण हुुन नदिन सरकारले ल्याएको कार्ययोजना प्रभावकारी भएको भन्दै यसको कार्यान्वयमा जोड दिनुु वताउनुुभयो ।








प्रतिक्रिया राख्नुहोस्