दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरामा व्यावसायिक रुपमा गरिएको सयपत्री फूलखेतीमा फुलेको फूल बिक्रीका लागि टिपिँदै । गोदावरी नगरपालिका १ का शान्ति तन्डुकारले तिहारका लागि बिक्रीमा राखेको मखमली फूलको माला । प्रतिमाला २५ देखि ३० रूपैयाँसम्म बिक्री गरिरहेको उहाँ बताउनुहुन्छ । काठमाडौँको तारकेश्वर नगरपालिका-१० स्थित लोकतान्त्रिक चोकमा तिहारका लागि फूलमाला किनमेल गर्दै सर्वसाधारण नागरिक । सुनसरीको इनरुवा बजारमा बिहीबार तिहारका लागि सयपत्री फूल किनमेल गर्दै स्थानीय । सयपत्री फूल मुठाको रु एक सयमा बिक्री भइरहेको व्यापारी बताउँछन् । दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरामा व्यावसायिक रुपमा गरिएको सयपत्री फूलखेतीमा फुलेको फूल बिक्रीका लागि टिपिँदै । महोत्तरीको जलेश्वर नगरपालिका वडा नं १ स्थित जलेश्वरनाथ महादेव मन्दिर परिसरमा लक्ष्मी पूजाका सामग्री बिक्री गरिँदै । रासस
प्रतिक्रिया राख्नुहोस्