लोकतन्त्रमा ठूलो सम्पत्ति जनता : मुख्यमन्त्री सिंह
वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले लोकतन्त्रमा ठूलो सम्पत्ति जनता भएकोले आम नागरिकलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

मुख्यमन्त्री सिंहले शिक्षा, स्वास्थ्य जस्ता विषयले जनतासँग प्रत्यक्ष सरोकार राख्ने हुँदा यस्ता मुद्दाहरूप्रति गम्भीर भएर जनताको पक्षमा काम गर्न पार्टीका नेता-कार्यकर्तालाई आग्रह गर्नुभयो ।
मुख्यमन्त्री सिंहले आज एक कार्यक्रमबिच वीरगन्ज महानगरपालिका–१९ स्थित विन्दवासिनीमा जनमत पार्टीको क्षेत्रीय कार्यालयको उद्घाटन गर्नुहुँदै जनताको घरमा हुने हरेक सानोतिनो कार्यमा पनि सहभागिता जनाउन उत्तिकै जरुरी रहेको बताउनुभयो ।
यसैगरी मुख्यमन्त्री सिंहले आजै पर्सा क्षेत्र नम्बर–४ मा पनि क्षेत्रीय कार्यालयको उद्घाटन गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्