तपाईँ सुन्दै हुनुहुन्छः

किसानहरूलाई क्षतिपूर्ति दिनुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा पुगेको क्षतिको किसानहरूलाई क्षतिपूर्ति दिनुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।

राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको आज बसेको बैठकमा सांसदहरुले जलवायु परिवर्तनका कारण वर्षेनी तापक्रम वृद्धि र कृषि बालीमा नयाँ रोगहरू बढेकाले किसानहरूलाई लक्षित गरी जलवायु अनुकूलन नीति तथा कार्यक्रम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

आगामी नोभेम्बर ११ देखि २२ तारिखसम्म अजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन कोप–२९ मा नेपालले धनी तथा विकसित मुलुकहरूले जलवायु वित्तीय दायित्व बढी गर्नुपर्ने विषय उठान गर्न सुझाव सांसदहरुले दिनुभयो ।

बैठकमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरूले कोप २९ मा नेपालको सहभागिताको तयारी र उठान गर्ने विषय प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button