बिहीबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
पोखरा । नेपालीहरूको महान् पर्व बडा दसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिन भोलि (बिहीबार) गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार (कात्तिक १ गते) प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संघ संस्था र सार्वजनिक संस्थानहरूमा चाडपर्वको बिदा दिइएको सूचना जारी गरेको हो ।
प्रदेश सरकारले कोजाग्रत पूर्णिमा सहित यस वर्ष चैते दसैँ र भानु जयन्तीमा समेत बिदा दिएको थियो । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको थियो ।
गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्काे २०८०।१२।०९ को निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदा सम्बन्धी सूचना बमोजिम उक्त चाडपर्व तथा दिवसको अवसरमा गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको प्रदेश सरकारले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्