होलीको रगं नपुछिदै अलप भए युवा नेता पदम

डडेल्धुरा । यसबर्ष सरकारले नोवेल कोरोना भाईरसको संक्रमण हुन नदिन पुर्व सर्तकता अपनाए संगै सामुहिक रुपमा होली नखेल्न सुचित गरेको थियो । तर सामुहिक रुपमा नभएपनि सानो–सानो समुहमा युवाहरुले मनोरञ्जन स्वरुप एक आपसमा रंग दलेर होली मनाई रहेका थिए ।
उत्साह उमङ्ग र रंगको पर्वका रुपमा मनाईने होलीको रौनकता भने पहिले जस्तो थिएन । डडेल्धुराको सदरमुकाममा केही युवाहरु विहान देखी सडकमा रङ्ग दलेर होली मनाई रहेका थिए । तर होलीको रंग नपुछिदै एक होनहार युवा नेपाल बिद्यार्थी संघका नेता पदम भण्डारीको अप्रत्यासिलो ढगंबाट मृत्यु भएको छ ।
उनी सोमबार अपरान्ह डडेल्धुरा तुफानडाडा स्थित घरमा पुगेर नुहाउनका लागि बाथरूम छिरे । अर्कोदिन उनी जन्ती जानुपर्ने भएरपनि होला समयमै होलिको रंग पखाल्न खोजेका । तर उनी होलीको रंग पखाल्न नपाउदै अलप भए । केही सास बाकी होला भन्ने आसमा परिवारका सदस्यहरुले बाथरूममा वेहोस अवस्थामा रहेका पदमलाई डडेल्धुरा अस्पतालमा पु¥याए तर अस्पतालमा पुग्दा चिकित्सकहरुले यनलाई मृत घोषणा गरिदिए ।
दिनभर होलीमा रमाइलो गरेका भण्डारीको केही बेरपछि विभिन्न माध्यमबाट मृत्युको अपत्यारिलो खबर सुनेपछि डडेल्धुराको सिंगो युवा जगत् मर्माहत भयो ।








प्रतिक्रिया राख्नुहोस्