तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते 

सल्यान । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । नेपालगन्जबाट रुकुम पश्चिम जाँदै गरेको लु २ ख ५००२ नम्बरको फोर्स गाडी बिहीबार बिहान सल्यान कुमाख गाउँपालिका ३ गुरेली खोलामा दुर्घटना भएको हो । 

दुर्घटनामा परी रुकुम पश्चिम चौरजहारी नगरपालिका १ का ३३ वर्षीय त्रिलोचन गिरी, सल्यान कुमाख गाउँपालिका ३ का २२ वर्षीय सन्तोष राना, ३२ बर्सिया गीता बुढा, ६० बर्सिया बसन्ता भारती, रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

यस्तै कुमाख गाउँपालिका १ की २८ बर्सिया विष्णु चन्द, ३४ वर्षीय घनश्याम केसी, वडा न ३ का २२ वर्षीय पारस भारती, २३ बर्सिया सम्झना भारती,, वडा न ६ का २५ वर्षीय हरि सुनार, वडा न ३ का १५ वर्षीय विनोद नाथ योगी, १८ बर्सिया विनता नाथ योगी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसम बहादुर खत्रीले जानकारी दिनु भयो । 

यस्तै वडा न-१की १३ बर्सिया सलिना शाही, २१ वर्षीय दीपक नाथ योगी, २० बर्सिया सुजाता बुढाथोकी र २० बर्सिया विन्दु लामिछाने रहेका छन् । 

घाइते १६ जना मध्ये १४ जनाको चौरजहारी मिसन अस्पताल रुकुम पश्चिम पठाइएको छ भने त्रिलोचन गिरी र गीता बुढालाई नेपालगन्ज रिफर गरिएको उहाँको भनाई छ । 

ब्रेक फेल भई भित्ताका गाडी ठोकिदा गाडीमा सवार २० जना मध्ये १६ जना घाइते भएको प्रहरीको भनाई छ । गाडी चालक कुमाख गाउँपालिका -३ का  २२ वर्षीय वसन्त बुढाथोकी फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button