हेवा खोलामा फड्के निर्माण,पैदल र मोटरसाइकल तार्न सकिने
पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमावर्ती मेची राजमार्गको हेवा खोलामा फड्के निर्माण गरी पैदल र मोटरसाइकल तार्न सुरु गरिएको छ ।
नेपाली सेना, सशस्त्र, प्रहरी स्थानीय लगायतको सक्रियतामा ५ दिन मा फड्के निर्माण गरिएको हो । मोटरसाइकल सम्म तार्न सकिने गरी बनाइएको फड्केमा आवतजावत गर्न सहज भएको छ ।गत असोज १२ गते अविरल वर्ष सँगै आएको बाढीले त्यहाँ अवस्थित बेली ब्रिज बगाएपछी पाँचथरको हिलिहाङ, याङवरक गाउँपालिका सँगै सिङ्गो ताप्लेजुङ सम्म सडक सञ्जाल टुटेको थियो ।
साना तथा ठुला गाडीको लागी ह्युम पाइप आएपछि चाँडै निर्माण गरिने सडक विभागले जनाएको छ ।
यस्तै फिदिम फालोट सडक खण्डको फेमे खोलाको पक्की मोटरेवल पुल बगाएपछी स्थानीयको सक्रियतामा फड्के निर्माण गरेर पैदल तर्न सकिने भएको छ । मेची राजमार्ग स्थित फिदिम २ रमितेमा गएको पहिरो हाल सम्म पन्छाउन नसकेकोले वैकल्पिक मार्ग फिदिम– नवमिडाँडा – कान्छीदोकानको सडक शुक्रबार साँझ सम्ममा सञ्चालन गरिने फिदिम नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्