तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली हात्ती मृत अवस्थामा फेला

वीरगन्ज । बाराको कोल्हबीमा आज बिहान जङ्गली हात्ती मृत अवस्थामा भेटिएको छ । कोल्हबी नगरपालिका  बडा नम्बर २ भलुआईखोर नजिकैको जङ्गलमा हात्ती मृत अवस्थामा भेटिएको हो ।

बस्ती नजिकैको जङ्गलमा हात्ती मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले हात्ती भेटिएको स्थानलाई घेरा हालेर सुरक्षा दिइरहेको छ ।

हात्तीको मृत्यु भएको कारण खुल्न सकेको छैन । पर्सा राष्ट्रिय निकुञ्जबाट प्राविधिकसहितको टोली घटनास्थलमा पुगेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button