तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता औँल्याउनुभएको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५४औँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा उहाँले नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून रहेकाले निर्यात बढाउन ठोस नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

भारतका विभिन्न ठाउँमा रहेका पोर्टहरूको अवस्था अत्यन्तै नाजुक अवस्था रहेको उल्लेख गर्दै उहाँले व्यवस्थित बनाउन निर्देशन दिनुभयो । “हाम्रो नीति निर्यात बढाउने हुनुपर्छ, ठोस योजना बनाएर प्रस्ताव ल्याउनुस्, मन्त्रालयबाट आवश्यक सहयोग रहन्छ”, मन्त्री भण्डारीले भन्नुभयो । साथै उहाँले पारवहनका पदाधिकारीलाई साझेदार संस्थाहरूसँग हातेमालो गरेर ठोस योजना बनाउन निर्देशन दिनुभयो ।

उहाँले संस्थालाई चलायमान बनाएर समयसापेक्ष ढङ्गबाट चलाउन नसकिएको अवस्थामा सरकार घाटा बेहोरेर सञ्चालन गर्ने पक्षमा नरहेको बताउनुभयो । पारवहनले सन्तोषजनक ढङ्गबाट कार्यसम्पादन गर्न नसके यसको औचित्य नै समाप्त हुने मन्त्री भण्डारीको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button