रुख ढल्दा च्यापिएर महिलाको मृत्यु
नवलपरासी । पश्चिम् नवलपरासीको सरावलमा रुख ढलेर च्यापिदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल गाउँपालिका वडा नम्बर १ सालबास बस्ने बर्ष २७ कि पार्वती चौधरी रहेको प्रहरीले जनाएको छ ।
शनिबार ३:३० बजेको समयमा सोही ठाउँमा रहेको सृष्टि सामुदायिक बनको घोलामा श्रीमान् सँगै माछा मार्न गएकी उनको माछा मार्ने क्रममा सुकेको सिसौको रुख ढली गर्धनमा चोट लागेको र उपचारका लागि चिसापानी अस्पताल बर्दघाट लगिएकोमा गएराती नै चिकित्सक मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।
पोष्टमार्टमका लागि शव पृथ्वीचन्द्र अस्पताल परासीमा रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्