तराई–मधेस समृद्धि कार्यक्रम कार्यान्वयनमा भएका त्रुटि र अनियमितता नियन्त्रण गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले तराई–मधेश समृद्धि कार्यक्रम कार्यन्वयनमा भएका त्रुटी र अनियमितता नियन्त्रण गर्न संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलगायत सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले तराई–मधेश समृद्धि कार्यक्रम कार्यान्वयनका बारेमा परेको उजुरी, समितिले गठन गरेको कार्यदलको सुझाव र सांसदहरुको धारणापछि समितिले यस्तो निर्देशन दिएको हो ।
समितिले आवश्यकता पहिचान र निश्चित मापदण्डका आधारमा योजना छनौट गर्न र कार्यन्वयनमा नीतिगत तथा कार्यविधिगत त्रुटि भए सच्याएर कार्यक्रम कार्यन्वयन गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकमा सांसदहरुले तराई–मधेश समृद्धि कार्यक्रम अन्तर्गतका योजनाहरु छनौटकै क्रममा आर्थिक अनियमितता हुने गरेको र उत्पादन मुखी क्षेलाई प्राथमिकता नदिएका कारण यस कार्यक्रमले तराई–मधेशको समृद्धिमा सघाउन नसकेको गुनासो गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्