बोलेरो जिप दुर्घटना एक जनाको मृत्यु
बिनोद कुमार मल्ल
मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका ( ६ बन्जाँहा भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोरू गाउँपालिका वडा नं (३ भिँई गाउँका गाडी धनी नरबहादुर बुमी भएको मुगुका प्रहरी नायब उपरिक्षक वीरेन्द्र थापाले बताउनु भयो ।
वुधवार बिहान करिब ८:३० बजेको समयमा बोलेरो जिप दुर्घटनामा परेको थियो । सोरुकोट देखि गमगढी बजार तर्फ फर्किने क्रममा ना । १ ज ६४६७ नम्बरको बोलेरो जिप सडकको मोडमा व्याक गर्ने क्रममा करिब १ सय मिटर तल खसेको बताइएको छ ।
इलाका प्रहरी चौकी अनुसार उक्त गाडीको सहचालक रहेका अर्का व्यक्ति गाडी व्याक गर्दा बाहिर निस्केको, गाडी सडकको तल खस्दा प्रहरीलाई खबर गर्न भन्दै उ आफै फरार भएको उक्त व्यक्तिको नाम खुल्न सकेको छैन । दुर्गम जिल्लाहरूमा प्राय हुने सडक दुर्घटनाहरू साँघुरा सडक,सेप्टिबाल नहुनु र घुम्तीमा मिलेका मोड नहुनाले नै हुने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्