बाघको आक्रमणबाट वृद्धको मृत्यु
वीरगञ्ज । पर्सामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।
पर्साको जिराभवानी गाउँपालिका–५ शंकरसरैयाका ६० वर्षीय तुल्सी राउत थारुको मृत्यु भएको हो ।
शुक्रबार साँझ घाँस काट्न गाउँ नजिकैको जङ्गलमा गएका थारु राति अबेरसम्म पनि घर नफर्किएपछि छिमेकीहरूले आज बिहान जङ्गलमा गएर खोजी गर्दा सुगीभार नजिकै थारुको शव क्षतविक्षत अवस्थामा फेला परेको हो ।
थारुको शव दाँया खुट्टा र बायाँ हात बाघले खाएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढा थापाले जानकारी दिनुभयो ।
थारुको शव पोष्टमार्टमका लागि आज बिहान वीरगन्जको नारायणी अस्पतालमा पठाइएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्