मन्त्री भण्डारीद्वारा चोभार बन्दरगाहको निरीक्षण

काठमाडौँ I उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चोभार स्थित सुख्खा बन्दरगाहको निरीक्षण गर्नुभएको छ ।
आज बिहान उहाँले बन्दरगाहमा रहेका सवारी साधन पार्किङको अवस्था, गोदाम व्यवस्थापन, कार्यालय व्यवस्थापन आदीको निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा उहाँले बन्दरगाहलाई अझै बढी चलायमान बनाउन सम्बन्धित व्यक्तिहरूलाई निर्देशन दिनुभयो ।

५ वर्षका लागि निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन भइरहेको उक्त बन्दरगाहले न्यूनतम तीन करोड रकम राजश्व सङ्कलन गर्ने सहमति भएपनि उक्त अवधिमा ८देखी १० करोड रकमसम्म राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको बन्दरगाहका कार्यकारी निर्देशक आशिस गजुरेलले बताउनुभयो ।
अहिले फास्ट ट्रयाकको अभावमा समेत बन्दरगाहले अपेक्षा अनुसारको प्रतिफल दिइरहेको उहाँको दाबी छ ।







प्रतिक्रिया राख्नुहोस्