खजुरा गाउँपालिकाले ‘एक वडा एक गौरव’ का योजना सञ्चालन गर्ने
बाँके । बाँकेको खजुरा गाउँपालिकाले ‘एक वडा एक गौरव’का आयोजना सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले पालिकामा सञ्चालन हुने टुक्रे योजनालाई हटाउँदै एक वडा एक गौरबको योजना सञ्चालन गर्न लागेको पालिका अध्यक्ष डम्मर बिकले बताउनुभयो ।

विकास निर्माणका योजना प्रभावकारी बन्न नसक्नुको प्रमुख कारण मानिएको टुक्रे योजनालाई हटाउँदै पालिकाको बृहत्तर हितका लागि यस्तो योजना सञ्चालन गर्न लागिएको अध्यक्ष विकको भनाई थियो ।
‘एक वडा एक गौरव’को योजना अनुसार खजुरा गाउँपालिका–१ मा वडा कार्यालय निर्माण, वडा नम्बर–२ मा बहुउद्देश्यीय सभाहल, वडा नम्बर–५ मा सभाहल निर्माण गरिनेछ । त्यसैगरी खजुरा गाउँपालिकाको वडा नम्बर ३,४,६,७ र ८ मा सडक निर्माण गरिने खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्