तपाईँ सुन्दै हुनुहुन्छः

भूमिसुधार तथा मालपोत कार्यालय झापाद्वारा ८० करोड ५८ लाख राजस्व सङ्कलन

भद्रपुर, झापा । भूमिसुधार तथा मालपोत कार्यालय झापाले आर्थिक वर्ष २०८०/०८१ मा ८० करोड ५८ लाख १४ हजार ५९२ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । आव २०७९/०८० को तुलनामा यस वर्ष  रु. २२ करोड १२ लाख ६९ हजार १९९ बढी राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । गत आवमा ५८ करोड ४५ लाख ४५ हजार ३९३ रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।

आर्थिक वर्ष २०८०/०८१ मा सेवा कर बापत सात करोड ५१ लाख ३९ हजार ४७६, रजिस्ट्रेसन दस्तुरबाट ४७ करोड ३० लाख ३० हजार ५५४, छुटबापत ६ करोड २७ लाख ८७ हजार ६१२, डोर सुविधा शुल्कबाट एक लाख ८९ हजार, पूँजीगत लाभकरबाट ३२ करोड एक लाख २५ हजार २६७ र विलम्ब शुल्कबापत एक लाख १७ हजार ९०६ रुपैयाँ राजश्व सङ्कलन भएको कार्यालयका कर अधिकृत तथा सूचना अधिकारी राजु दाहालले जानकारी दिनुभयो ।

आ.व. ०८०/०८१ मा स्थानीय तहले जग्गा वर्गीकरण गरी कित्ताकाट शुरु गरेसँगै जग्गाको कारोबार बढेकाले राजश्व पनि बढेको दाहालले बताउनभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button