‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय सांस्कृतिक महोत्सव’ शुरु

कास्की । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न पर्यटकीय सम्भावनालाई प्रचार गर्ने उद्देश्यले टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा ‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय सांस्कृतिक महोत्सव २०७६’ शुरु भएको छ ।
पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको महोत्सवको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले महोत्सवको उद्घाटन गर्दै सिङ्गो प्रदेशलाई नै पर्यटकीय गन्तव्यको रुपमा विस्तार गर्न प्रदेश सरकारअघि बढेको मुख्यमन्त्री राईले धारणा राख्नुभयो । राईले मुन्दुम पदमार्गको व्यवस्थापकीय पक्ष, भौतिक संरचना, नक्शाकङ्न र विविध पर्यटकीय स्रोतसाधन पहिचानका लागि प्रदेश सरकारले रु दुई करोड बजेट विनियोजन गरेको बताउनुभयो ।
एक सय नयाँ पर्यटकीय गन्तव्यमा सूचीकृत रहेको भोजपुरको टेम्केडाँडा ९मुन्दुम पदमार्ग० को पर्यटन प्रवद्र्धन गर्न र स्थानीय कला, संस्कृति, साहित्य क्षेत्रलाई टेवा पु¥याउने मुख्य उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिका प्रमुख ध्रुवराज राईले बताउनुभयो । महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण बढ्ने अपेक्षा रहेको अध्यक्ष राईको भनाइ छ । फागुन १३ र १४ गते हुने महोत्सवले भ्रमण वर्ष सफल पार्न सहयोग पुग्ने जनाइएको छ ।
महोत्सवका अवसरमा स्थानीय सांस्कृतिक कलाकृतिको प्रस्तुती, स्थानीय उत्पादनको प्रदर्शन, साहित्यिक भलाकुसारी तथा साङ्गीतिक प्रस्तुतीलगायत कार्यक्रम रहने महोत्सवको गाउँपालिकाले जनाएको छ । महोत्सवमा वरिष्ठ सङ्गीतकार गणेश रसिकको एकल साँझ पनि रहने गाउँपालिकाले जनाएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्