पूर्वाधार निर्माणलाई तीव्र गतिमा अगाडि बढाउनेछु : मन्त्री दाहाल

काठमाडौँ । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भौतिक पूर्वधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने बताउनुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा पद बहालीपछि उहाँले भन्नुभयो, “पूर्वाधार निर्माणका कामप्रति नागरिकका गुनासा बढेका छन्, ती गुनासा सम्बोधन गर्ने काम गर्नेछु ।”
यातायात क्षेत्रको सुधारका लागि मन्त्री दाहालले राष्ट्रिय यातायात नीति तर्जुमा गर्ने समेत उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय सडक दुर्घटनाका घटना बढिरहेको भन्दै त्यसलाई कम गर्ने गरी नीति बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
“सडक दुर्घटना बढिरहेका छन्, दुर्घटना न्यूनीकरणका लागि नीतिगत व्यवस्था तय गर्ने योजना बनाएको छु”, उहाँले भन्नुभयो, “ठप्प भएका विकासका कामलाई अगाडि बढाउने छु, निर्माण व्यवसायीहरूको बाँकी भुक्तानीका लागि प्रयास गर्नेछु ।”








प्रतिक्रिया राख्नुहोस्