तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिणकालीस्थित थाई गुम्बा नजिकैको पर्खाल भत्किएर एक बालिकाको मृत्यु

काठमाडौँ । काठमाडौँको दक्षिणकालीस्थित थाई गुम्बा नजिकैको पर्खाल भत्किएर एक बालिकाको मृत्यु भएको छ ।

सो घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।

काठमाडौँ उपत्यका प्रहरी प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार आज अपराह्न ४ः०० बजे उक्त पर्खाल भत्किएर ६ जना पुरिएका थिए । घटनामा परेका सबैको उद्धार गरिएकामा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको उहाँले बताउनुभयो । मृतकको पहिचान हुन सकेको छैन ।

घटनाबारे जानकारी पाएलगत्तै फर्पिङबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले स्थानीयवासीको सहयोगमा उनीहरूको उद्धार गरेको थियो ।

घाइते सबैको बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा परेका सबै सोही स्थानमा रहेको थाई गुम्बामा बस्ने बालबालिका भएका बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button