तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जनमत पार्टीको निर्णय

काठमाडौँ । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ ।

पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिनुभयो । प्रधानमन्त्री

दाहालले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ । जनमत पार्टीको प्रतिनिधिसभामा छ सांसद हुनुहुन्छ ।

जनमतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको समझदारीअनुरूप नयाँ गठन हुने सरकारलाई समर्थन गर्ने समेत निर्णय पनि गरेको छ । “प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई हामी (पार्टी)विश्वासको मत दिँदैनौँ, अब बन्ने नयाँ गठबन्धनलाई समर्थन गरेर जाने निर्णय भएको छ”, प्रवक्ता यादवले भन्नुभयो ।

उहाँले कांग्रेस र एमालेबीचको नयाँ गठबन्धनले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वको सरकारलाई स्वीकार गरेकाले नयाँ बन्ने सङ्घीय सरकारको नेतृत्वलाई स्विकार्ने निर्णय भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button