लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक,२०८१ पारित
काठमाडौँ । राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१ पारित गरेको छ ।
बैठकमा प्रधानमन्त्री एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१ पारित गरियोस् भनी प्रस्तुत गर्नु भएको प्रस्ताव सभाको सर्वसम्मतिले पारित भएको हो ।
विधेयकमाथि,संयुक्त संशोधन प्रस्ताव कर्ता मध्येबाट सांसद सोनाम गेल्जेन शेर्पा, तुलप्रसाद विश्वकर्मा र भगवती न्यौपानेले संशोधन राख्नुभएको थियो ।
बैठकले सांसद तुलप्रसाद विश्वकर्माले राख्नु भएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।
बैठकले सांसद भगवती न्यौपानेले राख्नुभएको संशोधन प्रस्ताव सर्वसम्मति स्वीकृत गरेको हो ।
राष्ट्रिय सभाको अर्को बैठक असार २७ गते बिहीबार दिउँसो सवा १ बजे बस्नेछ ।







प्रतिक्रिया राख्नुहोस्