डोटीमा एक महिला मृत फेला
डोटी । डोटीमा एक महिलाको शव फेला परेको छ ।
मृत फेला पर्नेमा जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ पाकरी ४८ वर्षीय चन्दा बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बिष्ट हिजो शनिबार बिहान ११ बजेको समयमा घरबाट घाँस काट्न निस्केकी थिइन् ।
घाँस काट्न गएकी उनी राती अबेरसम्म घर नफर्किएपछि उनको हिजोदेखि नै प्रहरीले खोजीकार्य गरेको थियो । खोजी गर्ने क्रममा उनको शव आज ९आइतबार ० बिहान घरभन्दा करिब आधा घण्टा तल जङ्गलमा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनु भयो । घटनाबारे थप अनुसन्धान भइरहेको भट्टराईले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्