देशको पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना

काठमाडौँ – पश्चिमी न्युन चापिय प्रणालीको प्रभावका कारण आज देशको पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।
भोली देशका केहि स्थानमा मेध गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
साथै पर्सी देशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको महमशाखाले अनुमान गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्