तपाईँ सुन्दै हुनुहुन्छः

श्रीलङ्काको नौसेनाद्वारा नेदुन्थिवु नजिकै तामिलनाडुका २२ मछुवा पक्राउ

भारत।श्रीलङ्काको नौसेनाले आइतबार तामिलनाडूका २२ जना मछुवालाइ श्रीलङ्काको जलक्षेत्रमा नेदुन्थिवु नजिक माछा मार्ने क्रममा पक्राउ गरेको रामेश्वरम फिशरम्यान एसोसिएसनले जनाएको छ ।

पाल्कबे सागर क्षेत्रमा रहेको नेदुन्थिवु नजिक माछा मार्ने क्रममा श्रीलङ्काली नौसेना आज बिहानै उक्त क्षेत्रमा आइपुगेको र थाङ्गाचिमाडमका माछा मार्ने तीनवटा डुङ्गालाई नियन्त्रणमा लिएको एसोसिएसनले जनाएको छ ।

यसअघि जुन १९ मा तामिलनाडूका मुख्यमन्त्री एमके स्टालिनले केन्द्रीय विदेशमन्त्री एस जयशङ्करलाई श्रीलङ्काले पक्राउ गरेका सबै मछुवा र माछा मार्ने डुङ्गालाई तत्काल रिहा गर्नके लागि पत्र लेख्नुभएको थियो ।

मुख्यमन्त्रीले भन्नुभयो, “त्यस्ता घटनाहरूले मछुवाहरूको जीविकोपार्जनमा बाधा पु¥याउँछ र सम्पूर्ण माछा मार्ने समुदायमा ‘डरको भावना’ र ‘अनिश्चितता’ पैदा गर्छ ।”

यसअघि अप्रिल महिनामा तामिलनाडूका १९ जना मछुवालाई श्रीलङ्काको कोलम्बोबाट एयर इन्डियाको यात्रुवाहक विमानमा चेन्नाई पठाइएको र मार्च ६ मा श्रीलङ्काली नौसेनाले सीमा पार गरेको आरोपमा पक्राउ गरेको थियो ।

माछा मार्ने परिवारले श्रीलङकाली नौसेनाले गिरफ्तार गरेका मछुवाहरूलाई रिहा गर्नका लागि केन्द्र र राज्य सरकारलाई कारबाही गर्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button