स्काउटलाई विद्यालय पाठ्यक्रममै राख्न माग

सुर्खेत । कर्णालीका सरोकारवालाहरुले स्काउटलाई विद्यालयको पाठ्यक्रममै समावेश गरेर नियमित अतिरिक्त क्रियाकलाप भित्र राख्न माग गरेका छन् ।
नेपाल स्काउटको आज सुर्खेतको वीरेन्द्रनगरमा ७३औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशसभा लेखा समिति सभापति जीतबहादुर मल्लले विद्यालय स्तरबाटै नियमित बनाउँदै समाज तथा देश निर्माणमा स्काउटलाई समय सापेक्ष थप परिवर्तन गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
समाजमा निस्वार्थ भावना राखेर सहयोग पुर्याउँदै आएको स्काउटको महत्व अपरिहार्य रहेको उल्लेख गर्दै सभापति मल्लले स्काउटका माध्यमबाट समाजका विसङ्गति हटाउन, विपत् व्यवस्थापन गर्न र सभ्य समाज निमार्ण गर्न जनशक्ति उत्पादनमा सहयोग पुगेको बताउनुभयो ।

नेपाल स्काउटका कर्णाली प्रदेश प्रमुख आयुक्त कमल बोहराले युवा तथा बालबालिकालाई अनुशासित बनाउन, समाज सभ्य बनाउन, युवा नेतृत्वको विकास गर्न स्काउटले भूमि उल्लेखनीय रहेपनि सरकारहरूले महत्व दिन नसकेको गुनासो गर्नुभयो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव जवाहरलाल हमालले सामाजिक तथा राष्ट्रिय भावना ओतपोत नेपाल स्काउटलाई कर्णाली प्रदेश सरकारले आउँदो आर्थिक वर्षमा बजेटबाट मार्फत सम्बोधन गरेको बताउनुभयो । उहाँले नेपाल स्काउटका गतिविधिलाई प्रदेशभरि फैलाउन प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

यसैबीच नेपाल स्काउट कर्णाली प्रदेशले आफ्नो ७३औँ स्थापना दिवसको अवसर पारेर विभिन्न व्यक्तिलाई सम्मान समेत गरेको छ ।
त्यसअघि हाजिर जवाफ प्रतियोगिता, निबन्ध, चित्रकला, ट्राफिक नियम सम्बन्धित अन्तरक्रिया, रक्तदान गर्नेहरू समेत सम्मान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्