तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमाले सुनसरी अध्यक्ष निलम खनालको उपचारको क्रममा मृत्यु  

सुनसरी । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ ।

बिगत लामो समयदेखि प्यानक्रियाज सम्बन्धीको बिरामी रहेका खनालको उपचारका लागि भारतको हैदराबाद लगिएको थियो । 

उपचारका लागि हैदरावाद लगिएका खनालको मृत्यु भएको एमाले सुनसरीका पूर्व अध्यक्ष रेवतीरमण भण्डारीले बताए । 

जेठ ५ गते देखि ७ गते सम्म भएको नेकपा एमाले आठौँ जिल्ला अधिवेशनबाट सुनसरी जिल्लाको अध्यक्षमा खनाल निर्वाचित भएका थिए । 

निर्वाचित भएसँगै बिरामीले च्यापेपछि थप उपचारका लागि उनलाई जेठ २२ गते हैदराबाद लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु  भएको एमाले  सुनसरी सचिव राम कोइरालाले जानकारी दिए  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button