तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश सरकार विरुद्धको रिट सुनुवाई हेर्दाहेर्दैमा

काठमाडौँ । गण्डकी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्धको रिटमा सुनुवाई जारी छ । 

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल पोखरेलको इजलासले गण्डकी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्धको रिटमा सुनुवाई गरिरहेको छ  । 

मङ्गलवारदेखि जारी सुनुवाइमा सबै पक्षको बहस सकेर सर्वोच्चले आजै आदेश सुनाउने सम्भावना रहेको छ । रिटमा अन्तरिम आदेश जारी भए मुख्यमन्त्रीमा रहनुभएका खगराज अधिकारी पदमुक्त हुनुहुनेछ ।  

वैशाख २५ गते प्रदेशसभाका सभामुख समेतको बहुमत देखाएर गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको थियो । 

त्यसविरुद्ध काँग्रेसका प्रदेशसभा संसदीय दलका नेता पाण्डेले वैशाख २७ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button