तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सर्लाही अध्यक्षमा राजनारायण साह पुनः निर्वाचित

बरहथवा (सर्लाही) । नेकपा (एमाले)को सर्लाही जिल्ला अध्यक्षमा राजनारायण साह पुनः निर्वाचित हुनुभएको छ । 

एमालेको नवौँ जिल्ला अधिवेशनबाट उहाँ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचन हुनुभएको हो । 

निर्वाचन समितिका संयोजक रमेश न्यौपानेका अनुसार पार्टीको जिल्ला उपाध्यक्षमा बिदुरकुमार प्याकुरेल, सचिवमा डिल्लीप्रसाद अधिकारी, उप–सचिव (खुल्ला) मा बलराम एस्माली मगर र उप–सचिव (महिला) मा विभा नेपाल निर्वाचित हुनुभएको छ । 

यस्तै लेखा समिति अध्यक्षमा रमेशप्रसाद चौलागाई, सचिवमा रेणुका पौडेल र खुला सदस्यमा  खेमबहादुर भण्डारी निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको हो । 

कूल ६ सय १० प्रतिनिधिमध्ये पाँच सय ७४ जना बुधबार मतदानमा सहभागी भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button