पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा १४ जना घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
निस्दी गाउँपालिका–४ को मतियारडाँडास्थित भित्री कच्ची सडकमा लु१ज ३३२४ नम्बरको जीप आज साँझ दुर्घटनामा परेको हो ।
नवलपरासीको अरुण खोलाबाट निस्दीको खादरतर्फ आउँदै गरेको डबल क्याप जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारको लागि नवलपरासीतर्फ पठाइएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्