काँग्रेस संसदीय दलको बैठक: नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने, अन्य कार्यसूचीमा प्रवेश गर्न नदिने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको छ ।
नेपाली काँग्रेस संसदीय दलको आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसले नेपालको संविधान, गणतन्त्रात्मक पद्धति र राष्ट्रपतिको विशेष महत्वलाई हेरेर आजको संघीय संसद्को संयुक्त बैठकमा भाग लिने तर सरकारले संसदमा ल्याएका अन्य कुनै पनि कार्यसूचीमा प्रवेश नगर्ने निर्णय गरेको प्रमुख सचेतक लेखकले बताउनुभयो ।
लाखौँ जनताले सहकारीमा जम्मा गरेको अरबौँ रकम दुरुपयोग र हिनामिना भएको विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने मुछिएको पाइएको भन्दै काँग्रेसले संसदीय छानबिन समितिको माग पुनः दोहो¥याएको पनि प्रमुख सचेतक खरेलले सञ्चारकर्मीहरूलाई बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्