तपाईँ सुन्दै हुनुहुन्छः

शहिद कप टी–२० क्रिकेट : मधेश प्रदेश ७ विकेटले पराजित 

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको अन्तर प्रदेशस्तरीय शहिद कप टी–२० क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत आज भएको खेलमा मधेश प्रदेशलाई गण्डकी प्रदेश ७ विकेटले पराजित गरेको छ । 

जनकपुरधामको रामजानकी बहुउद्देश्यीय रङ्गशालामा जारी प्रतियोगिता अन्तर्गत आज बिहान भएको खेलमा गण्डकी प्रदेशले टस जितेर मधेसलाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो । मधेश प्रदेशले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।

१०६ रनको लक्ष्यसहित ब्याटिङ गरेको गण्डकी प्रदेशले १४.४ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा गरी ७ विकेटले विजयी भयो ।  

बलिङतर्फ गण्डकी प्रदेशका शुभाष भण्डारीले ३ विकेट, अमृत गुरुङ, चन्द्र पौडेल, कमल परियारले समान दुई ÷दुई विकेट लिएका थिए । गण्डकी प्रदेशका अर्जुन कुमालले ५२ रन बनाए ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा बिहीबारदेखि शुरु भएको अन्तर प्रदेश स्तरीय शहिद कप टी–२० क्रिकेट प्रतियोगिता अगामी वैशाख २८ गतेसम्म चल्नेछ । 

प्रतियोगितामा विजेता टीमलाई २ लाख ११ हजार र उपबिजेता टिमलाई १ लाख ११ हजार नगद, शिल्ड, पदक तथा प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button