सांसद गुरुङको निलम्बन फुकुवा
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको निलम्बन सम्बन्धी निर्णय फुकुवा गरेको छ ।
सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार सर्वोच्च अदालतको उत्प्रेषणको आदेशद्वारा निलम्बन सम्बन्धी निर्णय बदर गरिएसँगै सदस्य गुरुङको निलम्बन फुकुवा भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँ विरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम विशेष अदालतमा मुद्दा दायर गरिएकोपछि निलम्बनमा पर्नुभएका सांसद गुरुङ सर्वोच्च अदालतको आदेशसँगै फुकुवा हुनुभएको हो ।
मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ २०७९ पुस १२ गतेदेखि निलम्बनमा पर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्