तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंज नाकाबाट ९ महिनामा १९ अर्ब ३७ करोडभन्दा बढीको नेपाली उत्पादन निर्यात

बीरगंज  । बीरगंज आईसिपी भन्सार नाका हुँदै आर्थिक वर्ष २०८०÷०८१ को ९ महिनामा भारत तथा तेस्रो मुलुकमा १९ अर्ब ३७ करोड, ७ हजार मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ । 

वीरगंज नाका हुँदै भारत, डेनमार्क, अष्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाईल्याण्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा लगायतका नेपाली उत्पादन तथा जडीबुटी निकासी भएको वीरगंज आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । 

आईसिपी भन्सार नाका हुँदै ५ अर्ब ९७ करोड ९६ लाख ९१ हजार मूल्य बराबरको फलफूलको जुस भारत निर्यात भएको छ भने सो अवधिमा ५२ करोड ५ लाख ९१ हजार मूल्य बराबरको पाम आयल निर्यात भएको छ । 

त्यसैगरी, नौ महिनाको अवधिमा ४ अर्ब ८८ करोड २३ लाख १३ हजार मूल्य बराबरको फलामे पाता भारत निर्यात भएको छ भने ८२ करोड ३६ लाख ४२ हजार मूल्य बराबरको जमोठ कपडा निर्यात भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक पन्थीले बताउनुभयो । 

त्यस्तै, ९ महिनाको अवधिमा १ अर्ब २६ करोड ४३ लाख २० हजार मूल्य बराबरको पिना निर्यात भएको छ भने बत्तिसा, त्रिफला, च्वबनप्रास लगायतका डाबर नेपालका उत्पादनहरू ७३ करोड ४३ लाख २७ हजार मूल्य बराबरको भारत निर्यात भएको छ । 

यसैगरी चालु आर्थिक वर्षको ९ महिनामा प्रशोधित भटमासको तेल ८ करोड ८२ लाख ६१ हजार मूल्य बराबरको भारत निर्यात भएको छ । 

बीरगंज भन्सार नाकाबाट ६३ करोड २० लाख २४ हजार मूल्य बराबरको सेन्थेटिक यार्न, ४९ करोड ५६ लाख २३ हजार मूल्य बराबरको आयुर्वेदिक तथा होमियापेथिक औषधीको कच्चा पदार्थ भारत तथा तेस्रो मुलुक निर्यात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो ।

त्यसैगरी बीरगंज नाकाबाट ५३ करोड ६८ लाख ५७ हजार मूल्य बराबरको स्पोर्ट सुज, ५६ करोड, ७६ लाख २३ हजार बराबरको नेपाली कपडा, १९ करोड ७ लाख १० हजार मूल्य बराबरको उनी गलैँचा भारत निर्यात भएको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

बीरगंज नाकाबाट ६५ करोड २६ लाख ८८ हजार मूल्य बराबरको सि.आर.सिट, ४८ करोड ४२ लाख २४ हजारको कुकुर तथा बिरालोको खाना, ३३ करोड ४२ लाख ६५ हजार मूल्य बराबरको लिडसिसा, ९ करोड ९४ लाख १० हजार मूल्य बराबरको सूर्यमुखी प्रशोधित तेल र २० करोड २४ लाख ८३ हजार मूल्यको प्लाष्टिकका बिर्को ढकनीहरू भारत निर्यात भएको आईसिपी भन्सार कार्यालय बीरगंजका प्रवक्ता एवं प्रमुख भन्सार अधिकृत रामचन्द्र शर्मा ढकालले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button