तपाईँ सुन्दै हुनुहुन्छः

क्याप्टेन शेर्पा निलम्बनमा

काठमाडौँ।नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रभु हेलिकप्टर लिमिटेडका क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ ।

क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण निलम्बन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) प्रवक्ता हंसराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण अर्को सूचना जारी नभएसम्म आज निलम्बन गरिएको हो, घटनाबारे अनुसन्धान भइरहेको छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button