तपाईँ सुन्दै हुनुहुन्छः

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको दावी

फिनल्याण्ड। युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’ आक्रमणलाई केन्द्रित गरिरहेको र आप्रवासीको प्रयोग गरेर फिनल्याण्डलाई अस्थिर बनाउने प्रयास गरिरहेको बताउनुभएको छ ।

अगष्टयता रूससँगको सीमा नाकाहुँदै करिब एक हजार आप्रवासी बिना भिसा फिनल्याण्ड आइपुगेपछि फिनल्याण्डले डिसेम्बरको मध्यमा आफ्नो पूर्वी सीमा बन्द गरेको थियो ।

दुई छिमेकी मुलुकबीच एक हजार ३४० किलोमिटर (८३० माइल) लामो सीमा साझा रहेको छ र हेलसिन्कीले शरण खोज्नेहरूको सङ्ख्यामा रूसको भूमिकाका कारण वृद्धि भएको आरोपलाई मस्कोले अस्वीकार गरेको छ ।

“सन् २०२१ को नोभेम्बरमा बेलारूसले लातभिया, पोल्याण्ड र लिथुआनियामाथि गरेको नश्लवादी आक्रमणपछि पुटिन र उहाँका सहयोगीहरूले आप्रवासीहरूलाई हाम्रो प्रतिरक्षा परीक्षण गर्न र हामीलाई अस्थिर पार्ने प्रयास गर्न कसरी अघि बढेका छन् भन्ने हामी सबैलाई थाहा छ,” भोन डेर लेयेनले शुक्रबार पत्रकारहरूसँग भन्नुभयो ।

“अहिले पुटिन फिनल्यान्डमा केन्द्रित रहनुभएको छ ।

सन् २०२१ मा छिमेकी पोल्याण्ड, लिथुआनिया र लाट्भियामा आप्रवासीहरूको आगमनलाई बेलारुसले प्रोत्साहन गरेको थियो । यसले युरोपेली सङ्घ र मिन्स्कबीचको सम्बन्धमा गम्भीर गिरावट ल्यायो ।

रूसी सीमाबाट करिब ३० किलोमिटर टाढा रहेको फिनल्यान्डको लाप्पीन्रान्ता शहरमा फिनल्यान्डका प्रधानमन्त्री पेट्टेरी ओर्पोसँगको भेटपछि भोन डेर लेयेनले फिनल्यान्डको पूर्वी सीमामा आप्रवासन रोक्न फिनल्याण्ड र इयूले के गर्न सक्छन् भन्ने विषयमा छलफल गरेका छन् ।

फिनल्याण्डका आठ वटा सीमा नाकाहरू बन्द गर्ने समयावधि धेरै पटक लम्ब्याइएको थियो र अप्रिलमा सरकारले ‘अर्को सूचना नआएसम्म’ बन्द रहने बताएको थियो ।

युरोपेली सङ्घका प्रमुखले भोन डेर लेयनले भन्नुभयो, “युक्रेनलाई तपाईंको दृढ समर्थन र नेटोमा समावेशको जवाफमा रूसको नश्लवादी आक्रमण पक्का छ ।”

सन् २०२२ मा युक्रेनमा भएको आक्रमणपछि फिनल्याण्ड र रूसको सम्बन्धमा तिक्तता आएको थियो ।

सन् २०२३ को अप्रिलमा फिनल्यान्ड नेटोमा सामेल भएपछि मस्कोले फिनल्याण्डसँगको दशकौं लामो सैन्य असंलग्नताको नीतिलाई उल्ट्याउँदै ‘प्रतिकारात्मक कदम’ चाल्ने चेतावनी दिएको थियो ।

फिनल्याण्डले हाल कुल सीमा बन्द गर्नुका साथै यस घटनालाई सम्बोधन गर्न आप्रवासनलाई प्रतिबन्धित गर्ने उद्देश्यले कानून तयार गरिरहेको छ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button