गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु
गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तिको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका–१ तल्लो पौदीस्थित सर्वोदय माविको जग्गाको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले बताउनुभयो ।
आगो निभाउने क्रममा घाइते घर्तिको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा घाइते हुनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्